Explore

Shabda / शब्द

written with care
Sadba Taxonomy
  • अरु
  • कथा
  • कोट्स
  • गनथन
  • लेख
  • सायरी
  • हाइकु
अन्तिम तस्बिर
कथा

निभ्दै गरेको मैन बत्तिमा
उड्दै आएकी पुतली ठोकिएर
बत्ती संगै निभेपछि
एउटा उज्यालो
र दुईवटा सपनाहरू टुटि जान्छ्न्

 

भत्किएका भग्नावशेष बाट निस्किएका
खोक्रा सपनाहरु
उज्यालो खोज्दा खोज्दै
जलेका पखेटा जस्तै भईदिन्छन्
बढी पाउने आशामा
आफै कम हुनु
मानै ति खुसीहरू हुन
जो आफुले गर्दा
आफै बाट
आफै जले

 

भ्याट्ट भ्याट्ट मात्र गरेर
अँध्यारो कोठामा
तड्पि रहेकी पुतली
अब उठ्न सक्दिन
जिन्दगीको समिकरण मिलाउदै गर्दा
आफु नमज्जाले पतन भएको
पत्तै नहुने रहेछ

 

अघि सम्म
अनेकौ रहर बोकेर
हतारिदै गन्तव्य खोज्दै
उडेकी उ
अहिले त्यो
अघि..लाई नै
आफ्नो गन्तव्य बनाउदै छे
उस्लाई त
अब बस्
उड्नु छ ।

Changing Nepali Multimedia Industry
Published Book